धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या, आरोपी पक्राउ

   १ मंसिर २०७७, सोमबार ११:४८  

१ मंसिर, रौतहट । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ६ खुटौनामा छिमेकीलाई हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान धारिलो हतियार प्रहार गरी छिमेकी २८ वर्षीय अजय पासवानको हत्या गरीएको आरोपमा खुटौना बस्ने ३६ वर्षीय बिनोद पासवानलाई प्रहरीले पक्राउ गरीएको प्रहरीले जनाएको हो ।

बिनोदले धारिलो हतियार प्रहार गरी अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।