झापाका एक कोरोना संक्रमितको मृत्यु
१ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण झापाका एक ८० वर्षीय वृद्धको मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गराउँदा उनका यही कार्तिक २८ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनी कार्तिक २९ गते अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।
अस्पतालमा उपचारका क्रममा ती संक्रमित वृद्धको मृत्यु भएको अस्पतालका स्रोतले जनाएका छन् ।