आइतबार थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि

   ३० कार्तिक २०७७, आईतवार १६:५०  

३० कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ७७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ ।

हालसम्म देशभर संक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार १ सय २५ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बितेको २४ घण्टामा थप २ हजार ७ सय ९८ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने योसंगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ७३ हजार ४ सय ३० पुगेको छ ।

त्यसैगरी, बिगत २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ, भने यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार २ सय २१ पुगेको मन्त्रालयले जनाएको छ ।