तनहुँबाट तीन लाख नगदसहित १५ जुवाडे पक्राउ

   ३० कार्तिक २०७७, आईतवार १४:३९  

३० कार्तिक, रौतहट । तनहुँ जिल्लामा दिपावलीको उपल्क्षमा जुवा खेलिरहेका अवस्थामा प्रहरीले १५ जनालाई प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बलराम अधिकारी, सन्तोष खडका, उत्तम पण्डित, खड्ग बहादुर गुरुङ, अमृत श्रेष्ठ, चन्द्र बहादुर शाही, सुमन खनाल, रामु मल्ल, हरी खडका, राम गुरुङ, आस कुमार श्रेष्ठ रामलाल गुरुङ, विष्णु बहादुर भण्डारी, शिव कुमार श्रेष्ठ र पुरन गुरुङ रहेका प्रहरीले जनाएको हो ।

जिल्लाको भानु नगरपालिका वडा नम्बर १२ मिर्लुङ कवाचितमा उमेश अधिकारीको कटेजमा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको टोलीले उनीहरुलाई जुवा (कौडा) र नगद तीन लाख पचहत्तर हजार छ सय तीस रुपैँयासहित पक्राउ गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।