भारतमा कोरोना भाइरस कारण थप ८ जना नेपाली को मृत्यु

   ३० कार्तिक २०७७, आईतवार १३:३६  

३० कात्तिक, रौतहट । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण विदेशमा थप आठ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरस संक्रमणका कारण आठ जना नेपाली ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म कोरोना संक्रमणका कारण निधन हुने नेपाली संख्या २९३ जना पुगेको छ ।

संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यो साता नेपालमा मात्र दुई लाख ६ हजार ३५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार १२९ जना कोरोना संक्रमण भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८१ दशमलव पाँच प्रतिशत रहेको छ । शनिवार साँझसम्म नेपालमा एक हजार २१५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।