रुपन्देहीमा बाबुले चक्कु प्रहार गरी आफ्नै छोराको गरे हत्या

   ३० कार्तिक २०७७, आईतवार १३:१९  

३० कार्तिक, रौतहट । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ बस्ने ४३ वर्षीय शेर बहादुर गुरुङले घरायसी विवादका कारण आपफ्नै १९ वर्षीय छोरालाई चक्कु प्रहार गरी हत्या गरेको छ ।

मदिरा सेवन गरेका बुवाले घरायसी विवाद हुदाँ आफ्नै १९ वर्षीय छोरा पदम बहादुरलाई चक्कु प्रहार गरी हत्या गरेको वडा प्रहरीका बुटवलका प्रहरी निरीक्षक गोविन्द रेग्मीले जनाएका हुन् ।

चक्कु प्रहारबाट बायाँ खुटाको तिग्रामा चोट लागेका पदमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।

चक्कु प्रहार गर्ने गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।