कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

   ३० कार्तिक २०७७, आईतवार १२:५२  

३० कार्तिक, रौतहट । कोरोना भइरस (कोभिड १९)का संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

धरानमा एक जना र चितवनमा एक जना गरी थप दुई कोरोना संक्रमितको मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाकी उपचाररत एक २५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । स्वास्थ्यमा केही समस्या भएपछि यही कार्तिक २६ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलालाई पीसीआर परीक्षण गर्दा भोपलपल्ट नै उनमा कोरोना संक्रणम पुष्टि भएको थियो ।

उनको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

ती महिलामा अन्य कुनै पनि दीर्घ रोग नरहेको डा। श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, पुरानो मेडिकल कलेज भरतपुरको कोभिड आईसीयूमा उपचाररत भरतपुर–१० बस्ने ४८ वर्षीय पुरूषको कोभिड निमोनियाका कारणले मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।

स्वास्थ्यमा समस्या भएपछि, उनी यही कार्तिक १९ गते अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । अस्पतालमा पीसीआर परीक्षण गर्दा कार्तिर्क २० गते उनका कोरोना रिपोर्ट पोजेटिभ आएको न्यौपानेले बताए ।

उनी मिर्गौलाका बिरामीसमेत रहेका न्यौपानले जनाए ।