दाङमा ट्रकको ठक्करबाट ४० वर्षीया महिलाको मृत्यु

   ३० कार्तिक २०७७, आईतवार १२:००  

३० कार्तिक, रौतहट । दाङमा आइतबार बिहान ट्रकको ठक्करबाट एक ४० वर्षीया महिलाको मृत्यु भएको छ ।

आज बिहान करिब ६ बजेको समयमा पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबार अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।

बिहान ६ बजेतिर विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी ती महिलालाई लमही अस्पताल र्पुयाएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काकाले ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले लमही ९ रिहारबाट नियन्त्रणमा लिएको जानकारी दिए ।

अहिलेसम्म मृतकको पहिचान खुल्न नसकेको खड्काले बताए ।

उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।