पर्सामा फुसको घरमा आगलागी हुदाँ एक बालिकाको मृत्यु

   ३० कार्तिक २०७७, आईतवार ११:३७  

३० कार्तिक, रौतहट । पर्सामा आगलागी हुदाँ एक बालिकाको मृत्यु भएको छ ।

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ८ स्थति रामनगरीमा गएराति दीपावलीको दियोले आगलगी हुदा १५ वर्षीय मना कुमारी साहको मृत्यु भएको हो ।

दिपावली मनाउँन बालिएको दियोले मनबोध साहको फुसको घरमा आगलगी भएको थियो । त्यही आगलागिमा परेर उनको छोरी मनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राती १० बजेको करिबमा भएको आगलगीले घरमा रहेको लत्ता कपडा, गरगहाना, फर्निचर, नगदसहित रु ५ लाख बराबरको क्षति समेत भएको पिडित मनबोध साहले जानकारी दिए ।

फुसको घरमा आगलगी भएको हल्ला भएपछि कंची घरमा सुति रहेको व्यक्तिहरु थाह पाए लग्तै निस्केका थिए । तर आगलगी भएको फुसको घरमा एकलै सुति रहेकी मना निस्कन नसकेपछि मृत्यु भएको स्थानियहरुको भनाई छ ।

आगलगी स्थलमा एउटा पनि दमकल पुग्न नसके पनि प्रहरीको सहयोगमा स्थानियहरु आधि घण्टा पछि आगो निभाउन सफल भएका थिए।
मृत्यु भएको युवतीको शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापाले वताए ।