नेपालमा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि

   २८ कार्तिक २०७७, शुक्रबार १६:४९  

२८ कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३ सय ५३ मन्त्रालयले जनाएको छ ।

यस्तै, विगत २४ घण्टामा थप ३ हजार ५ सय ३७ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनाम्क्त हुनेको कुल संख्या १ लाख ६८ हजार १ सय २९ पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसंगै हालसम्म देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार २ सय २ पुगेको छ ।