कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु
२८ कार्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १४ बस्ने ६७ वर्षीय महिलाको उपचारका क्रममा बिहीबार राति करिब २ बजे मृत्यु भएको हो ।
यही कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।
ती महिलाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।