कार दुर्घटना हुँदा एक जनाको मृत्यु

   २८ कार्तिक २०७७, शुक्रबार ११:५७  

२८ कार्तिक, रौतहट । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका मुजेलियामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान बा २० प ६८३१ नम्बरको कार धनुषाधामबाट जनकपुरतर्फ आउँदै गरेको बेला नालामा खसेर दुर्घटना हुँदा त्यसका चालक धनुषाधाम नगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।