बाँकेमा थप ४४ जना कोरोनामुक्त
द नेपाल मिडिया
२८ कार्तिक २०७७, शुक्रबार ११:०९
२८ कार्तिक, रौतहट । बाँके जिल्लामा रहेका विभिन्न आइसोलेशनबाट शुक्रबार थप ४४ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्।
कोरोनामुक्त हुनेमा १८ जना पुरुष र २६ जना महिला रहेको जिल्ला संकट व्यवस्थापन केन्द्रले जनाएको हो ।
यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार २ सय ३८ पुगेको छ ।
हाल बाँकेका विभिन्न आसोलेसनमा २ सय ७३ जना छन ।
जस मध्ये बाहिरी जिल्लाका २५ जना छन ।