बिहीबार थप १९१३ जनामा संक्रमण पुष्टि

   २७ कार्तिक २०७७, बिहीबार १७:०२  

२७ कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार २२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय १३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै हालसम्म दशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।

हाल नेपालमा ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् ।

यस्तै, विगत २४ घण्टामा थप २ हजार ३ सय ४९ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने योसंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा थप १५ जनाको संक्रमणका कारण मृत्यु भएको छ, भने यससंगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार १ सय ८९ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा ९ सय ७३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टी भएको छ ।

जसमध्ये काठमाडौँमा ७ सय ६४, ललितपुरमा १ सय २६ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन् ।