सप्तरीमा पटाका पड्काउँदा ६ जनाको घर जलेर नष्ट

   २७ कार्तिक २०७७, बिहीबार १६:४१  

२७ कार्तिक, रौतहट । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ३ तरहीमा बिहीबार तिहारको समयमा बालबालिकाले पड्काएको पटाकाबाट आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ ।

पटाका पड्काउँदा भएका आगलागीमा बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले उनका छिमेकी मुकेश, राजकुमार, रामरुप, राज, र मुकेश मुखियाको १र१ वटा घर जलेर नष्ट भएको हो ।

आगलागीले सबैभन्दा बढी राजकुमार मुखियाको घरमा भएको छ । उनको एक घरसहित घरभित्रका सामान जल्दा ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीलाई स्थानीय बासिन्दा एवं प्रहरीको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।