सिमा नाका खुलाउन स्थानियको प्रदर्शन (फोटो फिचर)
२७ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको नेपाल भारत सिमाना संचालन नहुदा स्थानियहरु समस्यामा परेका छन ।
भारतीय बजारसँग सिमा जोडिएको रौतहटमा मुख्य नाका भएर दुवै देशका तर्फबाट आवतजावन बन्द हुदा सिमामा समस्या देखिन थालेको हो । रौतहटको मुख्य नाका गौर भन्सार अगाडि बाट आवतजावत गर्न दिनु पर्ने र पहिलेकै अवश्थामा सिमा नाका सूचारु गर्नु पर्ने माँग गर्दै आज गौरमा प्रर्दशन भएको छ ।
चाडपर्वका बेला किनमेलका लागी भारतीय बजार सम्म जान नपाएको भन्दै आक्रोशित स्थानियले गौर भन्सार क्षेत्रमा विरोध प्रर्दशन गरेका छन । बजार, कलकारखाना, विद्यालय र यातायात सबै संचालन भइसक्दा पनि सिमाना अझै बन्द रहेको प्रति स्थानियमा आक्रोश रहेको छ । रौतहटको मुख्य नाका गौर भन्सार बन्द भए पछि पूर्व तर्फको लक्ष्मीपुर बेलबिछवा र पश्चीममा महादेवपट्टी बाट भने स्थानियको आवागमन केही हद समम सूचारु रहेको थियो तर बैकल्पीक बाटोको सट्टा मुख्य बाटो भएर आउन भारतीय सिमा सुरक्षा बलका सुरक्षाकर्मीले स्थानियलाई भने पछि मुख्य नाका खुलाउन स्थानियले प्रर्दशन गरेका हुन ।
बैकल्पीक बाटोहरुमा भारतीय एसएसबीले रोक लगाए पछि गौर भन्सारको मुख्य नाका खुलाउन स्थानियले दबाब दिएका छन । “सिमाक्षेत्रका बजारमा दुवै देशका नागरिकले किनमेल गर्ने गर्दछन तर लामो समय सम्म नाका बन्द भए पछि चाडबाडका बेला आवश्यक साम्रगीहरुको अभाव भएको छ ।” स्थानिय जगरनाथ साहले भने “नेपाल भारत दुवै तर्फको बजारमा स्थानियलाई समस्या छ । तर सम्बन्धीत निकायले भने कुनै चासो नै दिएको छैन ।
बन्द रहेको नाका खुलाउन स्थानिय जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलका प्रतिनिधिका साथै स्थानियहरुले पनि आवाज उठाइ रहेका छन । खासगरी चाडबाडका बेला किनमेलका लागी दुवै तर्फका स्थानियहरुको सिमावर्ति बजारमा भिडभाड हुन्थ्यो । पहिले जस्तै सामान्य रुपमा मुख्य नाका सुचारु गर्न राजनितिक दलका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाए पनि हालसमम सिमा सुचारु हुन सकेको छैन ।
स्थानियको प्रर्दशन पछि सशस्त्र प्रहरी बल ११ नं. गणका गणपति एसपी सुर्य बहादुर सेन ओलिले सिमाना सुचारुको विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटले आवश्यक पहल गर्ने आश्वासन स्थानियलाई दिएका थिए ।