गोलबजारबाट लागुऔषधसहित दुईजना पक्राउ
२७ कार्तिक, रौतहट । सिरहाबाट लागुओैषधसहित प्रहरील दुई जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा सिरहा जिल्लाको गोलबजार नगरपालिकामा चेकजाँच गर्ने क्रममा स६प ७३२८ नम्बरको मोटसाइकलमा सावर दुई जनालाई लागुऔषधपिहत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिएका हुन् ।
लागुऔषधसहित पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका ६ बस्ने २६ वर्षीय रामेश्वर यादव र ४० वर्षीय दुखी यादव रहेका शर्माले बताए ।
उनीहरुको साथबाट सय एमएलको डाइलेक्स डिसी ५० बोतल र नाइट्रोभेट ट्याब्लेट ६ सय थान फेला परेको छ ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।