चितवनबाट पाँच लाख नगदसहित २४ जुवाडे पक्राउ
२७ कार्तिक, रौतहट । चितवनमा रु ५ लाख १७ हजार १ सय ७५ रुपैयाँ सहित २४ जनालाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो ।
स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ५ का ४२ वर्षिय सुनिल कुमार क्षेत्री, २८ वर्षिय सन्तोष थापा, २१ वर्षिय सन्जय घले, २८ वर्षिय सन्तोष प्याकुरेल, ३५ वर्षिय कमल तामाङ, सरोज अधिकारी, ४४ वर्षिय बिकास अधिकारी, ४३ वर्षिय लेख ब. गुरु, ४० वर्षिय पुर्ण ब. गुरुङ, ४० वर्षिय राज कु. गुरुङ, ५० वर्षिय कृष्ण ब. गुरुङ, ३८ वर्षिय प्रदिप सोडारी, ३८ वर्षिय राज कु. श्रेष्ठ,४१ वर्षिय भुपेन्द्र श्रेष्ठ, ५० वर्षिय नन्द ब गुरुङ, ४१ वर्षिय योगेश्वर गौतम, ४४ वर्षिय तिलक नारायण श्रेष्ठ, १८ वर्षिय मनोज गौतम, १८ वर्षिय सन्तोष श्रेष्ठ, ४७ वर्षिय निलकण्ठ खरेल, ४२ वर्षिय योगेन्द्र मल्ल, २८ वर्षिय प्रजित ठकुरी, २७ वर्षिय बिकास मानन्धर, २१ वर्षिय उमेश सुनार रहेका छन् ।
पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।