चितवनमा थप एक संक्रमित पुरुषको मृत्यु
२७ कार्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण उपचाररत थप एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ४९ वर्षीय पसरुष रहेका अस्पतालका निर्देशक प्रा. डा. दयाराम लम्सालले जानकारी दिए ।
यही कार्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी हेटौंडास्थित आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखामा उपचारका लागि भर्ना भएका थिए ।
श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । चितवन मेडिकल कलेजको कोभिड आईसीयूमा राखेर उनको उपचार भइरहेका क्रममा नै आज बिहान ११ः१० बजेको समयमा मृत्यु भएको लम्सालले जनाए ।