नेपालमा संक्रमितको संख्या २ लाख नाघ्योे, आज थप २५६९ जनामा कोरोना पुष्टि
२६ कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
हाल देशभर संक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ९ सय १२ जना रहेको छ ।
त्यस्तै, बितेको २४ घण्टामा थप १ हजार ६ सुय ६६ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने योसंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।
यसैबीच कोरोना संक्रमणका कारण थप २६ जनाको मृत्यु भएको छ, भने यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार १ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ९ सय ७६, ललितपुरमा २ सय ४ र भक्तपुरमा ८१ जनामा कोरोना भाइरस (कोभिड १९) का संक्रमण पुष्टि भएको छ ।