बहराइनका प्रधानमन्त्री सलमान खलिफा को निधन

   २६ कार्तिक २०७७, बुधबार १५:२२  

२६ कात्तिक, रौतहट । बहराइनका प्रधानमन्त्री सेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । अमेरिकामा उपचारका क्रममा उनको निधन भएको हो ।

प्रधानमन्त्री खलिफाको उपचारका क्रममा अमेरिकास्थित मायो क्लिनिक अस्पतालमा बुधबार बिहान मृत्यु भएको बहराइनको छ । प्रधानमन्त्री खलिफा ८४ वर्षका थिए ।

राजकुमारसमेत रहेका प्रधानमन्त्री सलमानको निधनमा बहराइनका राजा हमाद बिन इसा अल खलिफाले दुस्ख व्यक्त गरेका छन् । अमेरिकाबाट पार्थिव शरीर आइपुगेपछि परिवारका सीमित सदस्यको उपस्थितिमा प्रधानमन्त्री सलमानको अन्त्येष्टि गरिनेछ ।

उनको निधनमा सात दिन शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउन राजाले आदेश दिएका छन् । बिहीबारदेखि सम्पूर्ण सरकारी कार्यालयहरु तीन दिनका लागि बन्द गरिने पनि बताइएको छ ।

सलमान बहराइन स्वतन्त्र हुनुभन्दा २ वर्ष अगाडिदेखि प्रधानमन्त्री थिए । उनी सन् १९६९ मा बहराइनको प्रधानमन्त्री भएका थिए । उनी विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्ति हुन् ।