विष्फोटक पदार्थ ओसारपसार गर्ने २ जना पक्राउ
२६ कार्तिक, रौतहट । चाडपर्वको बेला पटाकाको बहानामा विष्फोटक पदार्थ ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरको बस ईलाका प्रहरी कार्यालय जितपुरले चेकजाँच गर्ने क्रममा यात्रुबाहक विष्फोटक पदार्थसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका ५ स्थित फेट गाउँपालिका १ त्रिवेणी का २७ वर्षीय कन्हैया दास र सोही स्थानको २८ वर्षीय लालबाबु दास रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कुष्ण पंगेनीले जानकारी दिए ।
पक्राउ परेकाहरूले बसको पछाडीको डिक्कीभित्र खुर्सानी भएको बोराभित्र लुकाईछिपाई राखी लैजाँदै गरेको अवस्थामा नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १ किलो ५०० ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९०० ग्राम फेला परेको पंगेनीले बताए ।
पक्राउ परेका दुवै जनालाई बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसुरमा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।