काठमाडौंका सीडीओ जनकराज दाहाल कोरोनामुक्त

   २६ कार्तिक २०७७, बुधबार १३:५२  

२६ कार्तिक, रौतहट । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहाल कोरोना भाइरस (कोभिड १९)का संक्रमणमुक्त भएका छन् ।

यही कार्तिक १३ गते दाहालसहित उनका परिवार र घरमा बस्ने तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि होम आइसोलेशनमा बसेका दाहालको कोरोना रिपोर्ट आज (बुधबार) नेगेटिभ आएको छ ।

दाहालले भने अब बिहीबार देखि नियमित काममा फर्किने छु ।