कैलालीमा एक महिलाले गरे आत्महत्या
२६ कार्तिक, रौतहट । कैलालीमा झुन्डीएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
कैलाली जिल्लाको बर्दगौरिया पालिकाको २ स्थित कुम्भीयाकी ४३ वर्षीया चन्द्रापति चौधरी मृत भेटिएको प्रहरीले जनाएको हो ।
आज बिहान करिब ९ बजेको समयमा उनी आफ्नै घरको सौचालय भित्र काठको बलोमा झुन्डीएर आत्महत्या गरेको अवस्थामा फेला परेकी ईलाका प्रहरी कार्यालय बौनियाँका प्रमुख प्रहरी निरीक्षक अनिस भण्डारीले जानकारी दिए ।
अहिले प्रहरी घटनास्थलमै रहेको र थप जानकारीका लागी अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।