म्याग्दी नदीमा डुबेर एक १६ वर्षीय युवकको मृत्यु

   २६ कार्तिक २०७७, बुधबार १२:०८  

२६ कार्तिक, रौतहट । म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङमा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

म्याग्दी नदीमा डुबेर मृत्यु हुनेमा टिकावाङका १६ वर्षीय शंकर विकको शव आज बिहान भेटिएको हो ।

छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट आएको गोताखोर टोलीले तलाउबाट विकको शव निकालेको जानकारी दिए ।

उनका अनुसार १२–१५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो।

जनपथ प्रहरी र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोताखोर टोली मगाइएको थियो ।