देउखुरीमा ट्रकको ठक्करबाट तीन जनाको घटनास्थलमै मृत्यु

   २६ कार्तिक २०७७, बुधबार ११:४६  

२६ कार्तिक, रौतहट । दाङमा ट्रकको ठक्करबाट घटनास्थलमै तीन जनाको मृत्यु भएको छ ।

दाङ देउखुरीको राप्ती गाउँपालिका ४ मौरीघाटमा मंगलबार राति करिब ८ बजेको समयमा ना ६ ख ३३४४ नम्बरको ट्रकको ठक्करबाट तीनजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको हो ।

विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई उक्त ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्ती रहेको प्रहरीले जानकारी दिए ।