बाँकेमा थप २१ जना कोरोनामुक्त
द नेपाल मिडिया
२६ कार्तिक २०७७, बुधबार ११:३३
२६ कार्तिक, रौतहट । बाँके जिल्लामा रहेका विभिन्न आइसोलेशनबाट थप २१ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् ।
संक्रमणमुक्त हुनेहरुमा १२ जना पुरुष र ९ जना महिला गरी थप २१ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका हुन् ।
यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार १ सय ५० पुगेको छ ।
हाल बाँकेका विभिन्न आसोलेसनमा २ सय ८४ जना छन ।
जस मध्ये बाहिरी जिल्लाका २१ जना छन ।