नेपालमा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि
२५ कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार ९ सय ६० जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ३६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संखया १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।
हालसम्म नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ३६ हजार ३५ रहेको मन्त्रालयले जनाए ।
यस्तै बितेको २४ घण्टामा थप ८ सय ५३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाका कारण मृत्यु मृत्यु भएको छ, भने योसंगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार १ सय ४८ पुगेको छ ।