छुट्टाछुट्टै घटनामा तनहुँबाट चार जना पक्राउ
२५ कार्तिक, रौतहट । तनहुँमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तनहुँको भीमाद नगरपालिका २ बन्दीछापबाट भरुवा बनदुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । उनलाई बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले जानकारी दिए । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाविरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–५ का ३० वर्षीय मनोज क्षेत्री, शुक्लागण्डकी नगरपालिका ४ का २१ वर्षीय सन्तोष गुरुङ र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका–२ बस्ने रवि गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट एक सय चार थान डाइजेपाम, ८९ थान नुफिन र ९३ थान फेनारगन गरी दुई सय ८६ थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उपर लागुऔषध मुद्दा दर्ता गरिएको छ ।