चितवनमा थप एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु
२५ कार्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ ।
सोमबार राति ८ः१८ बजेको समयमा नै चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका १९ बस्ने ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्लेशक प्राध्यापक डा दयाराम लम्सालले जानकारी दिए ।
ती पुरुषलाई श्वासप्रश्वासमा समस्यादेखिएपछि, मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका उनमा यही कार्तिक २१ गते कोरोना पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि, कोभिड आईसीयू कक्षमा राखेर उपचार थालिए पनि उनलाई बचाउन नसकिएको डा. लम्सालले बताए ।
उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी रोगबाट समेत ग्रसितरहेका डा। लम्सालले बताए ।