छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु, एक जना घाइते
२५ कार्तिक, रौतहट । बारामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् ।
रौतहट मनहर्वा का २८ वर्षीय मायाराम महतो र करैयामाई गाउँपालिका ३ निवासी गालोपटीका २२ वर्षीय सन्देश साहको दुर्घटनामा परी मृत्यु भएको हो ।
सोमबार राति करिब १२ः४० बजेको समयमा बारा पचरौता नगरपालिका ९ स्थित नहरको बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ तियर खोलामा खस्दाँ चालकको घटनास्थलमै मृत्यु भएको थियो । महागढीमाई नगरपालिका ९ कन्चनपुर ससुरालीबाट सिम्रौनगढ जाँदै गरेको उनीहरु गन्तव्यमा नपुगेपछि खोज्दै जाँदा मोटरसाइकलमा सवार दुई जनाको शव तियर खोलामा भेटिएको थियो ।
यस्तै, सोमबार राति करिब ९ः४५ बजेको समयमा पिपराबाट तेतरिया जाँदै गरेको ना २२ प ६८५४ नम्बरको मोटरसाइकल करैयामाई गाउँपालिका ५ तेतरियास्थित पक्की पुलमा ठोक्किएको थियो ।
मोटरसाईकलमा सवार दुई जना पुलमुनि पानीमा खसेकालाई तत्काल उद्दार गरेर उपचारका लागि कलैया अस्पताल लगिएको थियो ।
यस्तै दुर्घटनामा परी घाइते भएका करेया गाउँपालिका ३ गालोपटी का २२ वर्षीय सन्देश साह रहेका छन् । साहको कलैया अस्पतालमा उपचारको क्रममा १०ः५५ बजे मृत्यु भएको थियो ।
सवारी दुर्घटनामा परेर मृत्यु भएको शवलाई पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
अर्का गम्भीर घाइते करैयामाई गाउँपालिका(३ बजनी बस्ने २३ वर्षीय अरमान हवारीको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको गौतमले बताए ।