आईपीएल: दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिडदै

   २५ कार्तिक २०७७, मंगलवार १२:५१  

२५ कात्तिक, रौतहट । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्ने भएका छन् ।

खेल यूएईको दुबई अन्तर्राष्ट्रिय मेदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ । मुम्बई साविक विजेता टिम हो तर दिल्ली भने पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो ।

दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।

पहिलो क्वालिफायरमा मुम्बईले दिल्लीलाई ५७ रनले पराजित भएको थियो । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको थियो ।

यसअघि मुम्बईले चार पटक आईपीएलको उपाधि जितिसकेको छ । आईपीएलको यो १३ औं संस्करण हो ।