डेस्कटप कम्प्युटर सार्वजनिक गर्दै ह्वावे

   २५ कार्तिक २०७७, मंगलवार १२:२०  

२५ कात्तिक, रौतहट । चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो व्यवसायलाई निरन्तरता दिन नयाँ रणनीतिमा काम गरिरहेको छ । यसैबीच कम्पनीले नोभेम्बर महिनाको अन्त्यतिर बजारमा नयाँ उपकरण ल्याउने तयारी गर्दैछ ।

यो नयाँ उपकरण डेस्कटप कम्प्युटर हुने समाचार अन्तर्राष्ट्रिय मिडियाले प्रकाशित गरेका छन् । अमेरिकी प्रतिबन्धसँगै साओमी पीसी मनिटर बजारमा प्रवेश गरिसकेको छ । अर्को ठूलो ग्लोबल टेक कम्पनी ह्वावे पनि पीसीको बजारमा आउँदै छ ।

रिपोर्ट अनुसार ह्वावेले ल्याउने डेस्कटप कम्प्युटर कम्पनीको आफ्नै कुनपेग ९२० चिपसेटद्वारा सञ्चालित हुनेछ भने एएमडीको पछिल्लो ग्राफिक्स प्रोसेसर हुनेछ ।

यो डिभाइसमा २३.८ इन्च डिस्प्ले रहनेछ, जुन मुख्य गरी बिजनेश प्रयोगकर्ताका लागि लक्षित हुनेछ । यो डिभाइसमा ८ जिबी (२६६६ डिडिआरडी) र्‍याम र २५६ जीबी एसएसडी स्टोरेज रहने बताइएको छ ।

योसँगै अप्टिकल ड्राइभ, कीबोर्ड, माउस, १८० वाट पावर सप्लाइ र कम्पनीको आफ्नै काइलिन अपरेटिङ सिस्टम हुने बताइएको छ ।