वीरगञ्जबाट १६ लाख रुपैयाँसहित एक भारतिय नागरिक पक्राउ

   २५ कार्तिक २०७७, मंगलवार १२:१५  

२५ कार्तिक, रौतहट । वीरगञ्जबाट स्रोत नखुलेको १६ लाख नगदसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत रक्सौल पूर्वी चम्पारण १० बस्ने ५० वर्षीय कृष्णकुमार जैन रहेका छन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ८ माइस्थान चोकबाट १६ लाख नगदसहित एक भारतिय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले माईस्थान चोकमा चेकजाँच गर्दा उनिबाट १६ लाख बरामद गरिएको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक मनोजित कुवँरले जानकारी दिए ।

जैनमाथि बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर शिर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जैन हुण्डी कारोबारी हुनसक्ने प्रहरीले आशंका जनाएको छ ।