बाँकेमा थप ३७ जना कोरोनामुक्त

   २५ कार्तिक २०७७, मंगलवार ११:१४  

२५ कार्तिक, रौतहट । बाँकेमा मंगलबार थप ३७ जनाले कोरोना भाइरस (कोभिड १९)का संक्रमण जितेर डिस्चार्ज भएका छन् ।

बाँकेका विभिन्न जिल्लामा रहेको आइसोलेशनबाट थप ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका हुन् ।

डिस्चार्ज हुनेहरुमध्ये नेपालगञ्ज २ बस्ने २ वर्षीया बलिका र नेपालगञ्ज् ४ का ९ वर्षीय बालकसहित ३७ जना संक्रमणमुक्त भएका छन् ।

यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार १ सय २९ पुगेको छ । अब बाँकेका विभिन्न आसोलेसनमा २ सय ७२ जना छन । बाहिरी जिल्लाका २३ जना छन ।