चुनाव हारेपछि पनि ट्रम्प ह्वाइट हाउस छोड्न अस्विकार

   २५ कार्तिक २०७७, मंगलवार ११:५९  

२५ कात्तिक, रौतहट । अमेरिकाको २४४ वर्षको इतिहासमा अहिलेसम्म यस्ता कुनै पनि राष्ट्रपति छैनन् जसले चुनाव हारेपछि ह्वाइट हाउस छोड्न अस्विकार गरे ।

कानूनी र शान्तिपूर्ण तरिकाले सत्तामा परिवर्तन अमेरिकी लोकतन्त्रको खुबी हो ।

ट्रम्पले हार अस्विकार गरिरहनुले थुप्रै नयाँ चुनौती ल्याउन सक्छन् । अब जानकार यस्ता चुनौती निम्तिएको अवस्थामा कस्ता कदम उठाउन सकिन्छ भन्ने कुरामा विचार गरिरहेका छन् ।

एजेन्सी