सोमबार थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि

   २४ कार्तिक २०७७, सोमबार १६:५३  

२४ कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ११ हजार १ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ७१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

यस्तै हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ३६ हजार १ सय ७४ रहेको छ ।

यस्तै विगत २४ घण्टामा थप १ हजार ७ सय ९८ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म देशभर कोरोनामुक्त हुनेको कुल संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको मन्त्रालयले जनाए ।

यस्तै, बितेको २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ,भने योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरको कुल संख्या १ हजार ७ सय ९८ पुगेको छ ।