भरतपुरबाट ब्राउनसुगर सहित दुईजना पक्राउ

   २४ कार्तिक २०७७, सोमबार १३:५३  

२४ कार्तिक, रौतहट । ब्राउन सुगर सहित भरतपुरबाट दुई जनालाई प्रहरीले पक्राउ परेको छ ।

ब्राउन सुगरसहित सुनसरीको इनरुवा घर भई काठमाडौँको मुलपानी बस्दै आएका ३६ वर्षीय विष्णु मण्डल र सिरहा घर भई थली बस्ने ३२ वर्षीय प्रमोद राय प्रक्राउ परेका प्रहरीले जनाएको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नेपाल इन्जिनियरिङ कलेज भक्तपुर क्षेत्रबाट पक्रेको हो ।

प्रहरीले उनिहरुको साटबाट २ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।