बुटवलमा थप एक् संक्रमितको मृत्यु

   २४ कार्तिक २०७७, सोमबार १३:०९  

२४ कार्तिक, रौतहट । बुटवलमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका(१७ निवासी ४५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान ६ बजे लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि शनिबार अस्पताल भर्ना भएका उनलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक कलेजो र मिर्गौला रोगबाट पीडितसमेत भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । सोमबार बिहानै रुपन्देहीको सैनामैनाकी एक ५६ वर्षीया कोरोना संक्रमित महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको थियो ।