वीरगञ्जमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

   २४ कार्तिक २०७७, सोमबार १२:०२  

२४ कार्तिक, रौतहट । पर्साका विभिन्न स्थानबाट संकलन गरी आएको ८० जनाको पीसीआर परीक्षण गर्दा जम्म ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सा र बाराका ७ जना पुरुष र १ जना महिला गरी थप ८ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

संक्रमण पुष्टि भएकाहरु १८ वर्षदेखि ८५ वर्ष उमेर समुहका रहेका छन् ।

उनीहरुको सिटि भ्यालु १५ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले बताए ।