कोरोनाबाट दुई वृद्धको मृत्यु

   २४ कार्तिक २०७७, सोमबार ११:४२  

२४ कार्तिक, रौतहट । कैलालीमा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

टीकापुरका एक जना र धनगढीका एक जना गरी थप दुई कोरोना संक्रमितले ज्यान गुमाएको हो ।

टीकापुर नगरपालिका १ निवासी ९० वर्षीय पुरुष्को मृत्यु भएको छ । यही कार्तिक २० गते कोरोना पुष्टि भएपछि, उनी होम आइसोलेशनमा नै बसिरहेका थिए ।

होम आइसोलेसनमा रहेकै बेला उनको मृत्यु भएको टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । यस्तै, धनगढी उपमहानगरपालिका २ बस्ने ८४ वर्षीय पुरुषको पनि सोमबार बिहान नै मृत्यु भएको छ ।

शुक्रबारदेखि अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

ती सैक्रमित पुरुषमा कडा प्रकारको निमोनिया देखिएको थियो ।