वीरगञ्जमा ट्याक्टर पल्टिदा एक बालक घटनास्थलमै मृत्यु

   २४ कार्तिक २०७७, सोमबार ११:१५  

२४ कार्तिक, रौतहट । वीरगञ्जमा ट्याक्टर पल्टिदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका २७ जसौलीमा लु। ३ त। ६४६ नम्बरको ट्याक्टर पल्टिदा १२ वर्षीय बालकको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा पर्साको बहुदरमाइ नगरपालिका ३ नगरदाहाका १२ वर्षका बालक विवेक यादव रहेका प्रहरीले जनाएको छ । मृतक बालक ट्याक्टरमा सवार थिए । साँघुरो पुल भएका कारण दुर्घटना भएको बताइएको छ ।

बालकको घटनास्थलमै मृत्यु भएपछि चालक फरार भएका छन् ।

उनको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।