बाँकेमा थप ३३ जना कोरोनामुक्त
२४ कार्तिक, रौतहट । बाँकेमा थप ३३ जनाले कोरोना भाइरस (कोभिड १९)का संक्रमण जितेर डिस्चार्ज भएका छन् ।
जिल्लामा रहेका विभिन्न आइसोलेसनबाट थप १९ जना पुरुष र १४ जना महिला गरि कुल ३३ जना कोरोनामुक्त भइ डिष्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार ९२ पुगेको छ ।
अब बाँकेका विभिन्न आसोलेसनमा ३ सय ६ जना छन ।
जसमध्ये २२ जना अन्य जिल्लाका छन ।