रुपन्देहीमा थप एक संक्रमितको मृत्यु

   २४ कार्तिक २०७७, सोमबार १०:४३  

२४ कार्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुष हो ।

यही कार्तिक २२ गते कोरोना संक्रमण भएपछि उनी सोही दिन उपचारका लागि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए ।

उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले पुष्टि गरे ।

उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका डा। गौतमले जानकारी दिए ।