कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु
२३ कार्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटाका एक जना र रोल्पाका एक जना गरी थप दुई जनाको मृत्यु भएको हो ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धनकुटाको पाख्रीबास–३ का ७२ वर्षीय वृद्धको आज दिउँसो १ः५ बजे मृत्यु भएको छ ।
यही कार्तिक २० गते कोरोना संक्रमण पुष्टि भएपछि उनी प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए ।
यस्तै, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा रोल्पाको लिवाङ नगरपालिका–४ का ५६ वर्षीय पुरूषको शनिबार मध्यराति करिब १२ः१० बजे मृत्यु भएको मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखापरेपछि रेउघा अस्पतालमा स्वस्थ्य परीक्षण गरिएकेमा थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यही कार्तिक १४ गते पीसीआर परीक्षण गराउँदा कार्तिक १५ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
उनी विगत एक महिनादेखि जन्डिस रोगबाट समेत ग्रसित थिइन् ।