रुपन्देहीमा स्कुटर सिक्ने क्रममा एक जनाको मृत्यु

   २३ कार्तिक २०७७, आईतवार १३:४३  

२३ कार्तिक, रौतहट । रुपन्देहीमा तिलोत्तमा नगरपालिका–१ बस्ने ५० वर्षीय सह प्राध्यापकको स्कुटर सिक्ने क्रममा दुर्घटना हुँदा मृत्यु भएको छ ।

आइतबार बिहान स्कुटर सिक्ने क्रममा दुर्घटना हुदाँ डा. शिव पौडेलको मृत्यु भएको हो ।

नयाँ स्कुटर किनेर सिक्ने क्रममा आफ्नै घरको कम्पाउण्ड वालमा ठोक्किएर गम्भीर घाइते भएका पौडेललाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख डम्बर विकले पुष्टि गरे ।

बुटवल बहुमुखी क्याम्पसका नेपाली विषयका सहप्राध्यापक उनी हालै मात्र सहायक क्याम्पस प्रमुखमा नियुक्ति पाएका थिए ।