झापामा थप दुइ कोरोना संक्रमितको मृत्यु

   २३ कार्तिक २०७७, आईतवार १२:०८  

२३ कार्तिक, रौतहट । झापामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

अर्जुन धारा नगरपालिका ६ की ८१ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण आइतबार बिहान मृत्यु भएको छ ।

रुघा र ज्वोरो बढ्दै गएपछि विराट मेडिकल कलेज विराटनगरमा उपचाररत रहेकी वृद्धाको पीसीआर परीक्षणको रिर्पोट शनिबार पोजिटिभ आएको थियो । उनको नेपाली सेनाको टोलीले नै आइतबारै अन्त्येष्टि गराउने वडाअध्यक्ष लोकनाथ गौतमले जानकारी दिए ।

त्यसैगरी, दीर्घरोगी समेत रहेका ६२ ती पुरुषले कार्तिक २१ गते मेची प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाब दिएको वडा नम्बर ५ का वडाअध्यक्ष बन्धु कार्कीले बताए । मृतक पुरुषको रिर्पोट आइतबार बिहान मात्र आएको हो।

उनको पनि दाहसंस्कार कनकाई नदीमा नेपाली सेनाको टोलीले गर्नेछ । यो सँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।