भक्तपुरबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

   २३ कार्तिक २०७७, आईतवार ११:५३  

२३ कार्तिक, रौतहट । नेपाल इन्जिनियरिङ कलेज भक्तपुर क्षेत्रबाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा घर भई काठमाडौं मूलपानी बस्ने ३६ वर्षीय विष्णु मण्डल र सिरहा तेनुहापट्टी घर भई काठमाडौं थली बस्ने ३२ वर्षीय प्रमोद राय हो ।

शनिबार महानगरीय अपराध महाशाखाको टोलीले २ ग्राम ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको हो।

महाशाखाका अनुसार उनीहरूमाथि थप आवश्यक अनुसन्धान भइरहेको छ ।