बालकुमारीमा हत्या गरी फरार भएका आरोपी पक्राउ

   २३ कार्तिक २०७७, आईतवार ११:४५  

२३ कार्तिक, रौतहट । एक वर्षअघि ललितपुर बालकुमारीस्थित गुहेपोखरीमा एक जनाको हत्या गरि फरार भएका आरोपी पक्राउ परेका छन्।

मकवानपुर गढी गाउँपालिका १ बस्ने २८ वर्षीय मानबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो ।

उदयपुर कटारीका २५ वर्षीय हरि खड्काको २०७६ साउन २८ गते हत्या गरिएको थियो । उनी ललितपुर ९ गुहेपोखरी, बालकुमारीमा मूर्ति बनाउने काम गर्थे ।

सो हत्यामा मृतककी श्रीमती विष्णु खड्का, दीपक बम्जन, आरुष थिङ, सागर वाइबालगायत पाँच जना यसअघि नै पक्राउ परेका थिए । थिङलाई सोही ठाउँबाट महानगरीय अपराध महाशाखाको टोलीले शनिबार पक्राउ गरेको हो ।

सो हत्यामा अन्य तीन जना फरार छन्। उनीहरूको खोजी भइरहेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए ।