चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
२३ कार्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण चितवन मेडिकल कलेजमा थप एक जनाको मृत्यु भएको छ ।
लमजुङको मध्यनेपाल वडा नं. २ का ४७ वर्षीय पुरुषको उपचारको क्रममा अस्पतालमा आज बिहान मृत्यु भएको हो ।
खोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषलाई यही कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि कोभिड आईसीयू कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिरहेकै अवस्थामा आइतबार बिहान ४ बजेर ७ मिनेटमा उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।
मृतकमा रक्तअल्पताको समस्या रहेको थियो ।